Advertisement Banner
Advertisement Banner

०२ आइतबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

भोलिदेखि शुक्रबारसम्म हिमपातको सम्भावना, पदयात्रामा ननिस्कन आग्रह

११ सोमबार , कार्तिक २०८२एक बर्ष अगाडि

भोलिदेखि शुक्रबारसम्म हिमपातको सम्भावना, पदयात्रामा ननिस्कन आग्रह

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रामा जानुअघि विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्ला दुई दिनमै लेक लागेर चार जनाको ज्यान गएपछि प्राधिकरणले यस्तो अनुरोध गरेको हो ।

प्राधिकरणले विज्ञप्ति जारी गर्दै भोलिदेखि शुक्रबारसम्म मुलुकमा वर्षा र हिमपातको उच्च सम्भावना रहेकोले पदयात्रामा नजान सचेत गराएको छ । जानै परेमा मौसम पूर्वानुमान सूचना, लेक जोखिमबारे जानकारी र आवश्यक पूर्वतयारी गरेर मात्रै जान भनिएको छ । साथै, लेक लागिहालेमा यात्रा रोकेर तलतिर झरि उपचार प्रक्रियामा लाग्न आग्रह गरिएको छ ।

‘हिमाली तथा उच्च पहाडी क्षेत्रको यात्रामा निस्कनुअघि जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम पूर्वानुमान एवं सोको आधारमा यस प्राधिकरणबाट प्रकाशन गरिने पूर्वसूचना एवं अर्लटबारे जानकारी लिन, लेक लाग्ने जोखिमबारे जानकारी प्राप्त गर्न, आवश्यक पुर्वतयारी गर्न एवं लेक लागिहालेमा यात्रा रोकी तलतिर झरेर उपचार प्रक्रियामा लाग्न एवं एक्लै यात्रामा ननिस्कन प्राधिकरण हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।