Advertisement Banner
Advertisement Banner

१३ बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

‘काठमाडौं हरर चलचित्र महोत्सव’ हुँदै

११ सोमबार , कार्तिक २०८२२ दिन अगाडि

‘काठमाडौं हरर चलचित्र महोत्सव’ हुँदै

पहिलो पटक ‘काठमाडौं हरर चलचित्र महोत्सव’ आयोजना हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा ‘हेलोविन डे’ को अवसर पारेर यही कात्तिक १४ गतेदेखि महोत्सव हुन लागेको हो ।

नेपालमै हरर, लोककथा, मिथक र रहस्यमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।  

कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा हुन लागेको महोत्सव कात्तिक १६ गतेसम्म चल्ने छ । महोत्सवमा १५ देशका २५ हरर फिल्म प्रदर्शन हुने बताइएको छ ।

प्रतिष्ठानका अनुसार विश्वभरबाट प्राप्त एक सय बढी चलचित्रमध्ये गुणस्तर, मौलिकता र विषयगत विविधताका आधारमा यी फिल्म छनौट गरिएको हो । फिल्मको आह्वान अन्तर्राष्ट्रिय प्लेटफर्म फिल्म फ्रिवेमार्फत गरिएको थियो ।

यसरी छानिएका फिल्मबीच महोत्सवमा प्रतिस्पर्धा हुनेछ, जसमा उत्कृष्ट फिचर फिल्म, उत्कृष्ट लघु फिल्म र उत्कृष्ट युवा फिल्म गरी तीन विधामा पुरस्कार प्रदान गरिने छ ।

निर्णायक मण्डलमा फोटोग्राफर राजुभाई सुवाल, होसाम फाह्मी फिल्म समीक्षक र अन्तर्राष्ट्रिय कलाकार यास्मिन बुछफार रहेका छन् ।