Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नयाँ र पुरानो शक्तिको टक्कर

११ मंगलबार , श्रावण २०७३१० बर्ष अगाडि

बि एण्ड बि अर्थात बाबुराम भर्सेस बालकृष्ण न्यौपाने। तिम्रो नयाँ शक्ति, मेरो पुरानो शक्ति भनेर बालकृष्ण न्यौपानेले बाबुराम भट्टराईलाई चुनौति दिएका छन्। यी दुई बि एण्ड बिको द्वन्द्वले आगो निकाल्छ कि पानी पार्छ भन्न सकिन्न। किनकि डा.बाबुराम भट्टराई पूर्वराजालाई भेटेर दिल्ली हान्निए, पूर्वराजा युरोपियन मुलुकहरुको भ्रमणमा पारसवाहेकको सपरिवार टर्कितिर हान्निएका छन् र बालकृष्ण न्यौपाने भूतराजावादलाई वर्तमान बनाउनेतिर लागेका छन्।

केही दिन अघिमात्र जनताले भन्छन् भने म राजनीतिमा आउन तैयार छु भनेर अन्तर्वार्ता दिएका पूर्वराजा ज्ञानेन्द्र शाह तिनै पूर्वराजा हुन्, जसले पटक पटक जनताले खोजे भने म यहीँ छु भन्ने अभिव्यक्ति दिने गरेका थिए। सरकार परिवर्तनको क्रममा देखिएको संवैधानिक अष्पष्टता,  संकट, अन्यौलले बाधा अड्काउ त फुक्ला तर निश्चित लोकतान्त्रिक सहजता कसैले पनि अनुभव गरेका छैनन्। यसकारण पनि नयाँ र पुरानो शक्तिको टक्कर वा सम्मिलनले राजनीतिक परिस्थिति नै बदलिने सम्भाबना देखिन थालेको छ।

यसैवीच डा.केवि रोकायाजस्ता खोपिएका क्रिश्चियनले हिन्दूराष्ट्रको आवश्यकता देखेर अभियन्ताजस्तेा अभिव्यक्ति दिनुले पनि नेपालमा हिन्दूराष्ट्र कतिसम्म आवश्यक रहेछ भन्ने देखिएको छ। ठूला पार्टीको झगडामा अर्को विकल्प त जन्मन लागेन?