एमालेले राष्ट्रपति र प्रधानमन्त्री पाउने भागबण्डा मिलेपछि ओली प्रधानमन्त्री बने, राष्ट्रपति कसलाई बनाउने भन्ने सवाल उठ्यो। झलनाथ खनाल र माधवकुमार नेपाल राष्ट्रपति बन्न चाहन्थे। तर प्रचण्डसँगको मित्रता र पार्टीभित्रको बहुमतको बलमा ओलीले विद्या भण्डारीलाई राष्ट्रपतिको उमेदवार घोषणा गरिदिए। ओलीलाई सर भन्ने विद्या भण्डारी गद्गद् भइन्, झलनाथ र माधव आजसम्म पनि मुटुमा किला ठोकेजस्तो पीडामा छन्। त्यो पीडा साउन ८ गते संसदमा पोखियो पनि। आफ्नै बाहुबल, पार्टीबल र प्रचण्डसँगको मैत्रीबलमा विद्या भण्डारीलाई \राष्ट्रपति निर्वाचनमा कांग्रेसका कूलबहादुर गुरुङलाई २१४ को विरुद्ध ३२७ मतले हराएर विद्या भण्डारीलाई राष्ट्रपतिमा जिताउन सफल भएका प्रधानमन्त्री ओलीले तिनै राष्ट्रपति विद्या भण्डारीका सामु साउन ९ गते राजीनामा बुझाउनु पर्यो।
प्रम केपी ओलीले कसरी राजीनामा बुझाउन आधा घण्टा लाग्यो भने राष्ट्रपति विद्या भण्डारीलाई ओलीको राजीनामा स्वीकृत गर्त ५ घण्टा लाग्यो। यो संयोग राजनीतिभित्रको राजनीति बुझ्न चाहनेहरुका लागि चर्चित प्रसङ् भइरहनेछ। शासनसत्तामा कहिले कहिले कतिसम्मको अप्ठेरो स्थिति पनि आउने रहेछ, त्यसको अनुभूति ओली र विद्या भण्डारीले यतिखेर गरिरहेका हुनसक्छन्।