Advertisement Banner
Advertisement Banner

०२ आइतबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

राकम कर्णाली दैलेखमा कृषि फर्मको स्वास्थ्य शिविर

०९ शनिबार , कार्तिक २०८२एक बर्ष अगाडि

राकम कर्णाली दैलेखमा कृषि फर्मको स्वास्थ्य शिविर

दैलेख, आठबीस नगरपालिका वडा नं ४ ।
“युवाहरूको हातमा स्वास्थ्यको अभियान, जागरूक समाज हाम्रो पहिचान” भन्ने मूल नारासहित राकम कर्णालीमा जेष्ठ नागरिकका लागि सुगर, प्रेसर तथा सामान्य उपचारसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
कर्णाली कृषि तथा पशुपन्छी फर्म एण्ड एग्रो मिलका सञ्चालक निरज कुमार माझीको आयोजनामा आठबीस नगरपालिका वडा नं ४ राकमकर्णालीका विभिन्न टोलटोलका ६वटा स्थानमा सञ्चालन गरिएको उक्त शिविरमा ३३१ जना स्थानीय बासिन्दा, जेष्ठ नागरिक तथा ५० वर्षमाथिका व्यक्तिहरूले स्वास्थ्य परीक्षण सेवा प्राप्त गरेका छन्।
शिविरमार्फत १९ जना मधुमेह– सुगर र ३२ जना उच्च रक्तचाप –प्रेसर तथा अन्य रोगका २५ जना बिरामी पत्ता लागेका छन्, भने धेरैजसो सहभागीमा असन्तुलित खानपिनको कारण स्वास्थ्यमा समस्या देखिएका छन्। यस शिविरले पहिलोपटक स्वास्थ्य चौकीमा कहिल्यै चेकजाँचका लागि नपुगेका बिरामीहरूलाई पनि स्वास्थ्य सेवाको पहुँचमा ल्याएको बताइएको छ। ती बिरामीहरूलाई महिना दिनसम्म औषधि र सामान्य परामर्श प्रदान तथा समयमै स्वास्थ्य चौकीमा चेकजाँच गराउन जानाकारी गराएको थियो।
कार्यक्रममा आठबीसका युवा तथा स्वास्थ्यकर्मी समुह, मुनाल फार्मेसी लगाएत स्थानिय स्वयम्सेवक तथा स्वयंसेविकाको उल्लेखनीय सहयोग रहेको थियो।
साथै राकम कर्णाली आधारभूत स्वास्थ्य चौकी, राकम कर्णाली वडा कार्यालय, आठबीस नगरपालिका र बालविकास तथा इलाका प्रशासन कार्यालयको समन्वय रहेको थियो।
आयोजक माझीले भन्नुभयो 
“यो केवल एउटा कार्यक्रम होइन, गाउँ–गाउँमा स्वास्थ्य सचेतना फैलाउने हाम्रो सामूहिक अभियान हो। स्वास्थ्य सेवा अब कुनै विकल्प होइन, यो गाउँका प्रत्येक नागरिकको अधिकार र आवश्यकता दुवै हो।”
उहाँले थप गर्नुभयो 
“यस प्रकारका शिविरहरू निरन्तर सञ्चालन गर्दै गाउँका जेष्ठ नागरिक र जोखिम समूहमा पर्ने व्यक्तिहरूलाई नियमित स्वास्थ्य निगरानीमा ल्याउनु अपरिहार्य र अनिवार्य बनेको छ।”