Advertisement Banner
Advertisement Banner

०२ शनिबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सोलुखुम्बुमा जिप दुर्घटना ३ जनाको मृत्यु

०८ शुक्रबार , कार्तिक २०८२४ महिना अगाडि

सोलुखुम्बुमा जिप दुर्घटना ३ जनाको मृत्यु

सोलुखुम्बुमा हिँजाे साँझ जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएकाे छ । माप्य दूधकोशी गाउँपालिकाबाट महाकुलुङ गाउँपालिकातर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु हुनुका साथै चालकसहित ६ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

सोलुखुम्बुकाे माप्य दूधकोशी गाउँपालिका-६ र ७ को सिमानाको भिरकुनामा दुर्घटना भएकाे जिप सडकबाट करिब ४ सय मिटर तल खसेको थियाे । खुम्बुबाट महाकुलुङ हिँडेका यात्रु लिन माप्य गएको गाडी फर्किने क्रममा दुर्घटनामा परेको हाे ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार रातिको घटना भएकाले पहिचानमा समस्या भएको जनाइएको छ । दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि वाकु अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।