Advertisement Banner
Advertisement Banner

०२ आइतबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

आज तिहारको मुख्य दिन भाइटीका मनाइँदै

०७ बिहिबार , कार्तिक २०८२एक बर्ष अगाडि

आज तिहारको मुख्य दिन भाइटीका मनाइँदै

आज तिहारकाे मुख्य दिन देश तथा बिदेशमा रहेका नेपालीहरूले भाइटीका लगाएर मनाउँदै छन् । यमपञ्चक समेत भनिने तिहारको मुख्य दिन आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरंगी वा सप्तरंगी टीका लगाएर याे पर्व मनाउने गरिन्छ ।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका नेपालीको दोस्रो ठूलो चाड हाे भने यस दिन दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दछन् भने दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।

आजकाे भाइटीकाकाे साइत बिहान ११ बजेर ३९ मिनेटमा छ भने आज दिनभर टीका लगाउन कुनै बाधा नहुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जनाएका छन् । यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्व र लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ ।

तिहारकाे भाइटीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मसला एवं सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा रहेकाे छ ।