Advertisement Banner
Advertisement Banner

११ सोमबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

आज तिहारको चौथो दिन गाई तिहार मनाइँदै

०६ बुधबार , कार्तिक २०८२५ दिन अगाडि

आज तिहारको चौथो दिन गाई तिहार मनाइँदै

आज तिहारको चौथो दिन गाई तिहार पर्व परेकाले देशभर गाईकाे पूजा गरि मनाइँदै छ । त्यसैगरि यसवर्षकाे तिहारमा तिथि घटबढका कारण गाई र गोरु तिहार पनि एकैदिन परेको छ ।

तिहारको चौथो दिन  गोरु तिहार पर्व पर्ने भएपनि तिथि घटबढका कारण गाई र गोरु तिहार एकैदिन परेको पञ्चाङ्ग निर्णायक समतिले जनाएकाे छ । जसअनुसार देशभर गाई र गाेरु पूजा गरिदै छ ।

तिहारको चौथो दिन देशभर झिलिमिली बत्ती र देउसी भैलोको रौनकले विशेष माहोल बनेकाे छ । त्यसैगरि गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि भएकाले हाम्रो समाजमा गाई माताका रुपमा पूज्ने गरिन्छ भने गाईको दूध, गहुँत र गोबरलाई पनि अत्यन्तै पवित्र मानिन्छ ।

गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास समेत रहेकाे छ । त्यसैगरि आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन (डोरो) गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास रहेकाे छ ।