Advertisement Banner
Advertisement Banner

०१ शुक्रबार, श्रावण २०८३13th July 2026, 9:36:25 am

ज्येष्ठ नागरिक र अशक्तलाई हवाई भाडामा ५० प्रतिशतसम्म छुट

०४ सोमबार , कार्तिक २०८२९ महिना अगाडि

ज्येष्ठ नागरिक र अशक्तलाई हवाई भाडामा ५० प्रतिशतसम्म छुट

नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाईसेवामा ज्येष्ठ नागरिक र अशक्त यात्रुका लागि न्यूनतम ५० प्रतिशत छुटको व्यवस्था गर्ने भएकाे छ । प्राधिकरणले देशभित्रका हवाई यात्रुका लागि छुटको नयाँ व्यवस्था गर्ने भएकाे हाे ।

प्राधिकरणले एक विज्ञप्ति मार्फत आन्तरिक हवाईसेवामा ज्येष्ठ नागरिक र अशक्त यात्रुका लागि न्यूनतम ५० प्रतिशत छुटको व्यवस्था गर्ने निर्णय गरेको हाे । जसअनुसार ६० वर्ष वा सोभन्दा माथिका ज्येष्ठ नागरिकले अब आन्तरिक हवाई यात्रामा ५० प्रतिशत छुट पाउनेछन् भने शारीरिक रूपमा अशक्त तथा फरक क्षमताका व्यक्तिलाई पनि हवाई भाडामा समान छुट लागू गरिने बताइएको छ ।

प्राधिकरणले सम्बन्धित हवाई सेवा प्रदायक कम्पनीहरूलाई यो व्यवस्था तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको छ । प्राधिकरणकाे विज्ञप्तिमा भनिएको छ, “सम्बन्धित हवाई सेवा प्रदायक कम्पनीहरूले आजैदेखि यो व्यवस्था कार्यान्वयन गर्नुपर्नेछ।” प्राधिकरणले सबै कम्पनीहरूलाई सूचना प्रवाह गरी छुट सुनिश्चित गर्न आह्वान गरेको छ ।

प्राधिकरणकाे महानिर्देशकको अध्यक्षतामा बसेको बैठकले आन्तरिक उडानमा विशेष वर्गका यात्रुका लागि छुट व्यवस्था तत्काल लागू गर्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले यस कदमले हवाई सेवामा पहुँच विस्तार हुने र सबै वर्गका नागरिकलाई सुविधाको अनुभूति हुने अपेक्षा गरिएको बताएकाे छ ।