Advertisement Banner
Advertisement Banner

११ सोमबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

विद्यार्थी बलात्कारकाे आराेपमा प्रधानाध्यापक पक्राउ

०३ आइतबार , कार्तिक २०८२८ दिन अगाडि

विद्यार्थी बलात्कारकाे आराेपमा प्रधानाध्यापक पक्राउ

खोटाङमा विद्यार्थी बलात्कारकाे आराेपमा प्रधानाध्यापक पक्राउ परेका छन् । प्रधानाध्यापकले आफ्नै विद्यार्थी बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेकाे हाे ।

खोटाङकाे ऐसेलुखर्क गाउँपालिका–१, राखा बाङ्देलको एक विद्यालयका प्रधानाध्यापकले १३ वर्षीया छात्रालाई विद्यालयमै पटक–पटक बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी प्रकाश बुढाथोकीका अनुसार असोज २२ गते बालिकाको आफन्तले जाहेरी दिएपछि विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरिएको हाे ।

प्रधानाध्यापककै आफन्तकोमा बस्दै आएकी पीडित बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका प्रधानाध्यापक माथि  घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।