
हिन्दूहरुको दोस्रो ठूलो चाड तिहार पर्व शुरु भएको छ । हरेक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने तिहारकाे पहिलाे दिन आज काग तिहार मनाइँदै छ ।
काग तिहारका दिन कागलाई मीठा–मीठा परिकार खुवाएर याे पर्व मनाइन्छ । हाम्रो समाजमा कागलाई शुभ सन्देशको प्रतीकका रूपमा लिइन्छ भने विशेषगरी आजका दिन कागलाई दहीभात खुवाउने प्रचलन समेत रहेकाे छ ।
यसवर्ष तिथि घटबढ भएकाले यमपञ्चक हिजो बेलुकीदेखि नै शुरु भएको छ । हिजो धनतेरस पर्व मनाइएको छ भने आज काग तिहार मनाएर भोलि बिहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा, पर्सि गाइतिहार, बुधबार म्हःपूजा र गोवर्धन पूजा मनाइँदै छ ।
त्यसैगरि बुधबार देखि नयाँ नेपाल संवत शुरु हुनेछ भने बिहीबार तिहारकाे विशेष दिन भाइटीका पर्व रहेको छ ।


