Advertisement Banner
Advertisement Banner

०२ आइतबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

०१ शुक्रबार , कार्तिक २०८२एक बर्ष अगाडि

कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक

गत जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरिएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको हाे ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस परीक्षामा सहभागी भएकामध्ये ९ हजार ४ सय ५६ जना विद्यार्थी उत्तीर्ण भएकाे बताइएकाे छ । बोर्डले आज सार्वजनिक गरेको नतिजाअनुसार कूल १४ हजार ९ सय १० परीक्षार्थी सहभागी भएका मध्ये ९ हजार ४ सय ५६ जनाले सफलता हासिल गरेका छन् भने दुई जना परीक्षार्थीको नतिजा रद्द गरिएको बोर्डले जनाएको छ ।

विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइटमा गएर वा नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार आफ्नो नतिजा हेर्न सक्ने परीक्षा बोर्डले जनाएकाे छ ।