
गत जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरिएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक तथा ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको हाे ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस परीक्षामा सहभागी भएकामध्ये ९ हजार ४ सय ५६ जना विद्यार्थी उत्तीर्ण भएकाे बताइएकाे छ । बोर्डले आज सार्वजनिक गरेको नतिजाअनुसार कूल १४ हजार ९ सय १० परीक्षार्थी सहभागी भएका मध्ये ९ हजार ४ सय ५६ जनाले सफलता हासिल गरेका छन् भने दुई जना परीक्षार्थीको नतिजा रद्द गरिएको बोर्डले जनाएको छ ।
विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक वेबसाइटमा गएर वा नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशनअनुसार आफ्नो नतिजा हेर्न सक्ने परीक्षा बोर्डले जनाएकाे छ ।


