
अन्तरिम सरकारकाे प्रधानमन्त्री सुशीला कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दैछन् । बैठकमा कूटनीतिक निकायका प्रमुख एवं प्रतिनिधिहरुलाई बाेलाएर नेपालको वर्तमान अवस्थाबारे ‘ब्रिफिङ’ गर्न लागेकि हुन् ।
बैठक आज दिउँसो साढे २ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ भने बैठकमा नेपालस्थित सबै कूटनीतिक निकायका प्रमुखहरू एवं नेपालस्थित विदेशी राजदूतहरूलाई बोलाइएको छ ।
बैठकमा नेपालको समसामयिक अवस्था र आगमी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनलगायतका बारेमा छलफल, परामर्श र ब्रिफिङ हुने बताइएकाे छ । प्रधानमन्त्री नियुक्त भएपछि कार्कीले बाेलाएकाे यसप्रकारको याे पहिलो बैठक हाे ।
यता निर्वाचन आयोगले फागुन २१ गतेकाे निर्वाचनलाइ लिएर राजनीतिक दलहरुसहित छलफल गरिसकेकाे छ भने सरकारका तर्फबाट भने निर्वाचनको वातावरण बनाउन नसकेको भन्दै आलोचना भइरहेको छ ।


