
भदाै २३ र २४ गते भएकाे जेनजी आन्दोलनका क्रममा आगजनीमा परेपछि बन्द रहेको सर्वोच्च अदालतबकाे रिट दर्ता एवं सुनुवाइ हुने भएकाे छ । आइतबार बसेको अदालतको पूर्ण बैठकले मंगलबारदेखि रिट दर्ता गर्ने निर्णय गरेसँगै आजदेखि रिट दर्ता गर्ने भएको हाे ।
एक महिनादेखि बन्द रहेकाे सर्वोच्चले आजदेखि रिट दर्ता र सुनुवाइ गर्न लागेको बताइएकाे छ । आन्दोलनका क्रममा आगजनी हुँदा भवनसँगै सर्वाेच्चको सर्भरमा समेत क्षति पुगेको थियो । अहिले सर्भर रिकभरको प्रयास भइरहेको सर्वोच्च प्रशासनले जनाएको छ ।
अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिट दर्ता र सुनुवाइ बाहेक अन्य सेवा शुरु गर्न भने छठअघि सम्भव नभएको बताइएकाे छ । केन्द्रीय सर्भर प्रणालीबाटै पेसी व्यवस्थापन हुने भएकाले अहिले देशैभरिका अदालतको सेवा प्रभावित बनेको छ ।
यता सर्वाेच्च अदालतले सेवा शुरु नभएसम्म म्याद नगुज्रने प्रस्ट पारेको छ ।


