Advertisement Banner
Advertisement Banner

०३ आइतबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

आईसीसी टी–२० विश्वकप सुपर सिक्समा नेपालले युएईसँग खेल्दै

२६ आइतबार , आश्विन २०८२४ महिना अगाडि

आईसीसी टी–२० विश्वकप सुपर सिक्समा नेपालले युएईसँग खेल्दै

आजदेखि सुरु हुने आईसीसी टी–२० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सका खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ । ओमानको अल अमिरेत क्रिकेट रंगशालामा नेपाली समयानुसार दिउँसाे सवा ४ बजे हुने खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गर्न लागेकाे हाे ।

नेपालले सुपर सिक्सको आफ्नो पहिलो खेल चिरपरिचित प्रतिद्वन्द्वी (युनाइटेड अरब इमिरेट्स) युएईसँग खेल्न लागेकाे हाे । नेपाल र युएई दुबै टोलीले पछिल्लो सयम टेस्ट राष्ट्रहरूलाई समेत हराइसकेका छन् ।

प्रतियोगितामा नेपाल समूह ‘बी’का दुवै खेल जित्दै सुपर–६ मा पुगेकाे हो । नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो भने दोस्रो खेलमा जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।

यता युएई पनि समूह चरणका दुवै खेलमा जितेर सुपर–६ मा पुगेको हो । समूह ‘ए’मा युएईले कतारलाई सात विकेटले हराएको थियो भने दाेश्राे खेलमा मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

अब नेपालले सुपर–६ मा रहेका पाँचमध्ये चार टिम युएई, कतार, ओमान र समाओसँग प्रतिस्पर्धा गर्नेछ । यो चरणमा हुने १२ खेलपछि शीर्ष ३ स्थानमा पुग्ने टोलीले २०२६ फेब्रुअरी र मार्चमा भारत र श्रीलंकामा हुने विश्वकपमा खेल्ने छन् ।