Advertisement Banner
Advertisement Banner

०२ आइतबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडको २५ प्रतिशत बोनस शेयर

२५ शनिबार , आश्विन २०८२एक बर्ष अगाडि

नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडको 
२५ प्रतिशत बोनस शेयर

काठमाण्डौं आज मिति २०८२ साल आश्विन २४ गते शुक्रवारका दिन बिहान ११ बजे श्री नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेडको सोह्रौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीक अध्यक्ष श्री सुजित कुमार शाक्यको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभामा संचालक समितिका सदस्य ज्यूहरु, शेयरधनी महानुभावहरु तथा कम्पनीको व्यवस्थापन समितिका सदस्यहरुको उपस्थिती रहेको थियो । कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल काठमाण्डौंमा सम्पन्न उक्त साधारण सभाले गत वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुका लागि चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउँने रु. ८,१०,००,००० (अक्षेरुपी आठ करोड दश लाख रुपैयाँ मात्र) बरावरको बोनस शेयर तथा कर प्रयोजनको लागि १.३१५७८९४७ प्रतिशतले हुन आउने रु. ४२,६३,१५७.८९ प्रदान गर्ने प्रस्ताव पारित गरेको थियो ।