Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

सुनको मूल्य ४ हजार बढीले घट्यो

२४ शुक्रबार , आश्विन २०८२१३ दिन अगाडि

सुनको मूल्य ४ हजार बढीले घट्यो

निरन्तर उकालो लागेको सुनको मूल्य आज भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य ४ हजार २ सयले घटेको हो ।

नेपाली बजारमा आज सुनको मूल्य घटेर प्रतितोला २ लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुनको मूल्य २ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने वृद्धि भएको छ । बिहीबार प्रतितोला ३ हजार २५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर ३ हजार ८५ रुपैयाँ पुगेको छ । आज प्रति १० ग्राम सुनको मूल्य २ लाख १ हजार ४ सय ७५ रुपैयाँ तोकिएको छ भने चाँदी प्रति १० ग्राम २ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढाव, डलरको भाउ र भू-राजनीतिक परिस्थितिले सुनचाँदीको मूल्यमा प्रत्यक्ष प्रभाव पार्ने गर्दछ ।