Advertisement Banner
Advertisement Banner

२४ शुक्रबार, आश्विन २०८२16th June 2025, 6:20:04 am

हमासद्वारा सार्वजनिक युद्धबन्दीको सूचीमा विपिनकाे नाम परेन

२४ शुक्रबार , आश्विन २०८२८ घण्टा अगाडि

हमासद्वारा सार्वजनिक युद्धबन्दीको सूचीमा विपिनकाे नाम परेन

अमेरिकी पहलमा भएको इजरायल र हमासबीचकाे युद्धविरामपश्चात् हमासद्वारा सार्वजनिक युद्धबन्दीको सूचीमा नेपाली विद्यार्थी विपिन जोशीको नाम समावेश भएकाे छैन । हमासद्वारा मुक्त गरिने भनिएका २० जना युद्धबन्दीको सूचीमा विपिनकाे नाम नपरेपछि उनको अवस्थाबारे अन्योल थपिएको हाे ।

युद्धविरामपश्चात् हमासको कब्जामा रहेका ५० जनालाई रिहा गर्ने सहमति भएकोमा जसमध्ये पहिलो चरणमा २० जनालाई सोमबारभित्रै छाड्ने बताइएको छ । नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार यस सूचीमा सबै इजरायली नागरिक रहेका र विपिन जोशीको नाम नरहेको बताइएकाे छ ।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणमा कञ्चनपुरका विपिन जोशीलाई बन्धक बनाइएको थियो । उक्त आक्रमणमा परि १० जना नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए ।

उक्त आक्रमणमा बन्धक बनाइएका विपिनको अवस्था अझै अज्ञात छ । सन् २०२३ नोभेम्बर १७ मा उनी गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएको खबर आए पनि त्यसपछि उनको कुनै जानकारी सार्वजनिक भएको छैन ।