Advertisement Banner
Advertisement Banner

२४ शुक्रबार, आश्विन २०८२16th June 2025, 6:20:04 am

टी–२० विश्वकप छनोटमा नेपालले जापानसँग प्रतिस्पर्धा गर्ने

२४ शुक्रबार , आश्विन २०८२८ घण्टा अगाडि

टी–२० विश्वकप छनोटमा नेपालले जापानसँग प्रतिस्पर्धा गर्ने

आज आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपालले जापानसँग प्रतिस्पर्धा गर्दैछ । यसअघिकाे खेलमा कुवेतलाइ ५८ रनले पराजित गरेकाे नेपालले दाेश्राे खाेल जापानसँग खेल्न लागेकाे हाे ।

यसअघि एक-एक खेल जितिसकेकाे नेपाल र जापान एक खेलअगावै  सुपर सिक्समा प्रवेश गरि सकेका छन् । हिँजाे सम्पन्न समूह बीको खेलमा जापानले कुवेतलाई ५ बिकेटले हराए पछि जापान र नेपाल एक खेल अगावै अघिल्लो चरणमा प्रवेश गरेका हुन् ।

यता पहिलाे खेल नेपालसँग हारेकाे कुवेतले दोस्रो खेलमा जापनसँग हार बेहाेरे पछि प्रतियोगिताबाट बाहिरिएको छ । आज हुने नेपाल र जापानबीचको खेल पछि समूह बीको विजेता र उपविजेताको टुङ्गो लाग्ने छ ।

समूह बीमा दुवै टोलीको समान २–२ अंक रहे पनि नेपाल नेट रन रेटमा अघि भएकाले शीर्ष स्थानमा रहेकाे छ ।