Advertisement Banner
Advertisement Banner

२४ शुक्रबार, आश्विन २०८२16th June 2025, 6:20:04 am

माइतीघरदेखि नयाँ बानेश्वरसम्म सुरक्षा व्यवस्था कडा

२३ बिहिबार , आश्विन २०८२एक दिन अगाडि

माइतीघरदेखि नयाँ बानेश्वरसम्म सुरक्षा व्यवस्था कडा

अहिले माइतीघर-बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । माइतीघर क्षेत्रमा टाँगिएका ब्यानर हटाएर आफ्ना ब्यानर राख्ने प्रयास जस्ता गतिविधिका कारण स्थिति तनावपूर्ण बन्न थालेपछि सुरक्षा चुनौती बढेको भन्दै उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको हाे ।

माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीका ठूलो संख्यामा टोलीहरू परिचालन गरिएको छ । जेन–जी समूहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा जाहेरी दिएपछि त्यसको प्रतिक्रियामा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र जेन–जीका अगुवा सुदन गुरुङविरुद्ध जाहेरी दिएका थिए ।

अहिले जेन–जी समूहको जाहेरी प्रहरीमार्फत उच्चस्तरीय छानबिन आयोगमा पठाइएको छ भने बालेन शाह र सुदन गुरुङविरुद्धको जाहेरी पनि आयोगमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । एक पक्षले अर्को पक्षविरुद्ध जाहेरी दिएर माइतीघर क्षेत्रमा टाँगिएका ब्यानर हटाएर आफ्ना ब्यानर राख्ने प्रयास गरिएपछि उक्त क्षेत्रमा अहिले उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।