Advertisement Banner
Advertisement Banner

२४ शुक्रबार, आश्विन २०८२16th June 2025, 6:20:04 am

फेरी बढ्याे सुनकाे भाउ २ लाख ३८ हजार नाघ्याे

२२ बुधबार , आश्विन २०८२२ दिन अगाडि

फेरी बढ्याे सुनकाे भाउ २ लाख ३८ हजार नाघ्याे

निरन्तर उकालाे लागेकाे सुनकाे मूल्यकाे नयाँ रेकर्ड कायम भएको छ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको भाउ प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तोकेको छ । हिँजाे मंगलबार प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । दशैंयता मात्रै सुनको भाउ तोलामा करिब १५ हजार रुपैयाँले बढेको महासंघले जनाएकाे छ ।

यता चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको महासंघले जनाएकाे छ । बुधबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ९ सय ५५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले प्रतिऔंस ४ हजार डलर नाघेको छ भने त्यसकाे प्रभाव नेपाली बजारमा पनि परेको हाे ।