Advertisement Banner
Advertisement Banner

२४ शुक्रबार, आश्विन २०८२16th June 2025, 6:20:04 am

मलेसियाविरुद्धको सिरिज महिला क्रिकेट टिमले जित्यो

२२ बुधबार , आश्विन २०८२२ दिन अगाडि

मलेसियाविरुद्धको सिरिज महिला क्रिकेट टिमले जित्यो

नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्ध सिरिजको पाँचौं खेल ५ विकेटले जितेकाे छ । आज भएकाे खेल जित्दै महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिज ३-२ ले जितेको हाे ।

आजको अन्तिम खेलमा मलेसियाले दिएको १०४ रनको लक्ष्य पछाएको नेपाली टिमले १८ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि मलेसियाले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १०३ रन बनाएको थियो ।

पाँच खेलको सिरिजमा पहिलो खेल मलेसियाले ३ रनले जित्दा दोस्रो खेल नेपालले ५ विकेटले जितेको थियो भने तेस्रो खेल मलेसियाले १३ रनले जित्दा चौथो खेल नेपालले ६ विकेटले जितेको थियो । आजकाे खेल ५ विकेटले जित्दै नेपालले सिरिज हात पारेकाे हाे ।