
नुवाकाेटमा घरायसी विवाद कारण श्रीमानले श्रीमतीको हत्या गरेका छन् । नुवाकाेटकाे शिवपुरी गाउँपालिका–७, का जीतमान तामाङले ४९ वर्षीया श्रीमतीको हत्या गरेका हुन् ।
तामाङले घरायसी विवाद बढेपछि श्रीमतीको हत्या गरेकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय नुवाकाेटका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार मङ्गलबार साँझ निजले खुकुरी प्रहार गरि श्रीमती हत्या गरेका हुन् ।
खुकुरी प्रहार गरेपछि ४९ वर्षीय सविनाको घटनास्थलमा नै मृत्यु भएको थियाे भने अभियुक्तले आवेशमा श्रीमतीको हत्या स्वीकार गरेका छन् । घटनाबारे जानकारी प्राप्त हुनासाथ अभियुक्त तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही थालेको छ ।