Advertisement Banner
Advertisement Banner

०२ आइतबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

मनसुन कमजाेर हुँदै केहि स्थानमा वर्षा हुने

२२ बुधबार , आश्विन २०८२एक बर्ष अगाडि

मनसुन कमजाेर हुँदै केहि स्थानमा वर्षा हुने

अहिले देशकाे पश्चिमी भागका केही स्थानमा पश्चिमी वायुको प्रभाव रहेपनि बाँकी भागमा मनसुनी एवं स्थानीय वायुको कमजोर प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । विभागले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका अधिकांश तथा गण्डकी प्रदेशका पश्चिमी भागका केही स्थानमा पश्चिमी वायुको प्रभाव रहेकाे बताएकाे छ ।

आज दिउँसो कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली हुनुका साथै तराईमा आंशिक बदली हुनेछ भने कोशी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेकाे बताइएकाे छ ।

राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली हुने र बाँकी भागमा मौसम सफा रहेता पनि कोशी, मधेस वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।