Advertisement Banner
Advertisement Banner

०२ आइतबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

नेपालले टी-२० विश्वकप छनोटको पहिलो खेल कुवेतसँग खेल्दै

२२ बुधबार , आश्विन २०८२एक बर्ष अगाडि

नेपालले टी-२० विश्वकप छनोटको पहिलो खेल कुवेतसँग खेल्दै

आजबाट ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीमा हुने आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक रिजनल फाइनलको पहिलाे खेलमा नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । उक्त खेल नेपाली समयअनुसार बेलुका पाैने ९ बजेदेखि सुरु हुनेछ ।

नेपालले हालसम्म तीन पटक प्रतिस्पर्धा गरेकाे कुवेतसँग २ खेल जितेको छ । गएकाे अप्रिलमा हङकङमा भएको चारदेशीय शृंखलामा यी दुई टोली दुईपटक भिडेका थिए । जसमा लिग चरणमा नेपाल विजयी भए पनि फाइनलमा कुवेतले नेपाललाई हराएकाे थियाे ।

नेपाली टोलीमा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी रहेका छन् ।

आज हुने खेल जित्ने टोलीले सुपर सिक्समा स्थान बनाउने सम्भावना लगभग निश्चित हुनेछ भने नेपाल र कुवेत दुवै टोली उच्च मनोबलका साथ मैदानमा उत्रने तयारी गरेका छन् ।