
निरन्तर उकालाे लागेकाे सुनकाे मूल्य आज प्रति तोला २ हजार ३०० ले बढेकाे छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धिभएसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हाे ।
आज प्रति तोला सुन २ हजार ३ सयले बढेर २ लाख ३५ हजार ४ सयमा काराेबार भइरहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिँजाे २ लाख ३३ हजार १ सयमा कारोबार भएको एक तोला सुनको मूल्य आज बढेकाे हाे ।
आज चाँदीको मूल्य भने स्थिर रहेकाे छ । हिँजाे एक तोला चाँदी २ हजार ९ सय ६० मा काराेबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ३ हजार ९ सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको बताइएकाे छ ।