Advertisement Banner
Advertisement Banner

०२ आइतबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

अझै डेढ दर्जन भन्दा बढि सडक अवरुद्ध

२० सोमबार , आश्विन २०८२एक बर्ष अगाडि

अझै डेढ दर्जन भन्दा बढि सडक अवरुद्ध

लगातारकाे वर्षा पछिकाे बाढीपहिरोका कारण अझै डेढ दर्जन भन्दा बढि सडक अवरुद्ध भएका छन् । बाढीपहिरोका कारण बागमती र कोशी प्रदेशका १९ ठाउँका सडक पूर्णरूपमा अवरुद्ध भएका हुन् ।

बागमती प्रदेशमा पासाङ ल्हामु सडक, अरनिको राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ, मदन भण्डारी राजमार्ग र मध्यपहाडी लोकमार्ग बन्द छन् । यसैगरी नेपाल–चीन जोड्ने सीमा सडक, कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडक खण्ड पनि पूर्णरूपमा अवरुद्ध रहेकाे नेपाल प्रहरीले जनाएकाे छ।

त्यसैगरि कोशी प्रदेशमा कोशी राजमार्ग, सिद्धीचरण राजमार्ग, मध्यपहाडी लोकमार्ग, मेची राजमार्गका विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध भएकाे बताइएकाे छ ।