Advertisement Banner
Advertisement Banner

०२ आइतबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

लामो दूरीका यातायात तीन दिनका लागि बन्द

१८ शनिबार , आश्विन २०८२एक बर्ष अगाडि

लामो दूरीका यातायात तीन दिनका लागि बन्द

मुलुकभर भइरहेकाे वर्षाका कारण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।

प्राधिकरणले अाज शनिबारदेखि साेमबारसम्म तीन दिन भारी वर्षाको सम्भावना रहेकोले लामो दूरीका यातायात सञ्चालन बन्द गर्ने निर्णय गरेको हो । प्राधिकरणले एक सूचना जारी गर्दै मिति २०८२ असोज १८, १९ र २० गतेका लागि सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावतमा राेक लगाउने निर्णय गरेकाे हाे ।

उक्त अवधिमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायमार्फत यसको अनुगमन र कारबाही गर्न पनि प्राधिकरणले भनेको छ ।