Advertisement Banner
Advertisement Banner

२८ बिहिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

काठमाडौंकाे भीमसेनस्थान नजिकै भीषण आगलागी

१३ सोमबार , आश्विन २०८२एक महिना अगाडि

काठमाडौंकाे भीमसेनस्थान नजिकै भीषण आगलागी

काठमाडौंकाे भीमसेनस्थान नजिकै भीषण आगलागी भएको छ । काठमाडौं महानगरपालिका–२०, को वडा कार्यालयसँगै रहेका घरहरुमा आगो लागेको हो ।

आगलागी एक कपडा गोदामबाट सुरु भएको अनुमान गरिएकाे छ भने उक्त आगलागीकाे चपेटामा एउटा मन्दिर समेत परेको छ । अहिले दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेकाे छ भने आगो नियन्त्रणका लागि काठमाडौं महानगर र ललितपुर महानगरका दमकल प्रयोग गरिरएको छ ।

आगलागीको कारण एकिन नभएकाे उक्त आगाे निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरी लगायत लागि परेका छन् ।