Advertisement Banner
Advertisement Banner

०३ आइतबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

नेपाल प्रहरीमा साेह्रसय जनाकाे दरखास्त आह्वान

१० शुक्रबार , आश्विन २०८२५ महिना अगाडि

नेपाल प्रहरीमा साेह्रसय जनाकाे दरखास्त आह्वान

नेपाल प्रहरीले विभिन्न पदका लागि झण्डै १ हजार ६ सय जनाकाे लागि दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरीले एक सूचना निकालेर १ हजार ५ सय ५३ प्रहरी जवान, कार्यालय सहयोगीतर्फ हजाम ११ जना, कुचीकार १५ जना र खेलाडी १५ जना गरी १ हजार ५ सय ९४ जनाका लागि दरखास्त आह्वान गरेको हो ।

प्रहरी जवानका लागि न्यूनतम ८ कक्षा पास गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएकाे छ भने प्रहरी कार्यालय सहयोगीका लागि साधारण लेखपढ गर्न मात्र जाने पुग्ने बताइएकाे छ । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म दरखास्त फाराम बुझाउन सक्ने सूचनामा उल्लेख छ।