Advertisement Banner
Advertisement Banner

०३ आइतबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

कर्णालीमा झन्डै ४ हजार प्रहरी परिचालन

०९ बिहिबार , आश्विन २०८२५ महिना अगाडि

कर्णालीमा झन्डै ४ हजार प्रहरी परिचालन

चाडबाड लक्षित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै कर्णालीमा झन्डै ४ हाजर प्रहरी परिचालन भएका छन् । दसैँ, तिहार तथा छठ पर्वमा हुनसक्ने सुरक्षा जोखिमलाई मध्यनजर गर्दो ३ हजार ९ सय ८ जना प्रहरी परिचालन गरिएको हो ।

प्रदेश प्रहरी कार्यालयले ‘एकीकृत चाडपर्व सुरक्षा कार्ययोजना २०८२’ तयार पारेर ड्रोनसहित सुरक्षाकर्मी परिचालनको योजना बनाएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिएका छन् । उनले यहि असोज ६ गतेदेखि आगामी कात्तिक १० गतेसम्म उक्त सुरक्षा योजना लागू हुने बताएका छन् ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयबाट लुटपाट भएका हातहतियार तथा गोलीगठ्ठाको दुरुपयोग एवं विभिन्न कारागारबाट फरार रहेका कैदी बन्दी चाडपर्वको समयमा आफ्नो घरबतनमा आउन सक्ने भएकाले उक्त समयमा थप आपराधिक घटना हुनसक्ने जोखिम रहेकाले ड्रोनसहित सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।

वरिष्ठ प्रहरी उपरीक्षक खनालका अनुसार कुनै पनि अप्रिय घटना हुन नदिन योजनाबद्ध प्रहरी परिचालन, अनुगमन, नियन्त्रण आवश्यक भएकाले सुरक्षा योजना बनाई लागू गरिएको बताए । अहिले ५३ वटा मोबाइल गस्ती, ११२ वटा मोटरसाइकल गस्ती, ९२ वटा क्युआरटी (द्रुत प्रतिकार्य टोली) परिचालन गर्नुका साथै १७८ वटा पैदल गस्ती सञ्चालन गरिनुका साथै २० वटा लामो तथा छोटो दूरीका गस्तीसमेत परिचालन गरिएको छ ।

त्यस्तै सुरक्षा सचेतनाका लागि नौ स्थानमा माइकिङमार्फत प्रचारप्रसार भइरहेको छ भने बैंक, वित्तीय संघसंस्थाको सुरक्षा तथा बजार अनुगमनका लागि ४५ स्थानमा प्रहरी खटाइएको छ ।