Advertisement Banner
Advertisement Banner

०२ आइतबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

दशैँको टिकाको दिन बाहेक अन्य दिन अध्यागमन खुल्ने

०९ बिहिबार , आश्विन २०८२एक बर्ष अगाडि

दशैँको टिकाको दिन बाहेक अन्य दिन अध्यागमन खुल्ने

नेपालीहरुको महान पर्व बडादशैँको टिकाको दिन बाहेक अन्य दिन अध्यागमन विभाग खुला रहने भएको छ । विभागले विजयादशमीको दिनबाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला राख्ने भएको हो ।

टिकाको दिन बाहेक अन्य दिन सेवा सञ्चालनमा रहने विभागका अध्यागमन अधिकृत शिवकुमार अधिकारीले जानकारी दिएका छन् । अधिकारीले दशैँको टिकाको दिन असोज १६ गते विजयादशमीका दिनबाहेक अन्य दिनमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पर्यटक भिसा शाखा र एजेन्सी शाखाको सेवा सञ्चालन गर्ने जानकारी दिएका छन् ।