Advertisement Banner
Advertisement Banner

०२ आइतबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

देशभर मौसम बदलीसँगै एकदुई स्थानमा भारी वर्षा

०८ बुधबार , आश्विन २०८२एक बर्ष अगाडि

देशभर मौसम बदलीसँगै एकदुई स्थानमा भारी वर्षा

अहिले मनसुनी वायुको प्रभाव केही कमजोर भएपनि आंशिक प्रभाव कायमै रहेकाले देशभरकाे माैसम सामान्यतया बदली भएकाे छ । जसकाे कारण केहि स्थानमा मध्यमदेखि  एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे सम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

आज दिउँसो देशभर साधरणतया बदली रहनुका साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाे छ । त्यसैगरि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

त्यस्तै आज राति देशको पहाडी भूभागमा साधरणतया बदली रहनुका साथै बाँकी भूभागमा आंशिक बदली रहने तथा गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी तराई भूभागका एक–दुई स्थानमा स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ ।