Advertisement Banner
Advertisement Banner

०२ आइतबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

नारायण गजमेर र मेलिना राईको दशैं गीत

०४ शनिबार , आश्विन २०८२एक बर्ष अगाडि

नारायण गजमेर र मेलिना राईको दशैं गीत

संगीतकार दीपक राज विश्वकर्माले चर्चित गायक नारायण गजमेर र चर्चित गायिका मेलिना राईसँग दशैंको गीत ” टिका जमरा” सार्वजनिक गरिँदैछ  िमौलिक सांस्कृतिक पनलाई झल्काउँदै लिङ्गेपिङका कुराहरूलाई म्युजिक भिडियोमा देखाइएको छ।

नेपालीहरूको महान चाड बडा दशैँलाई म्युजिक भिडियो मार्फत निर्देशक दीपक राज विश्वकर्माले आफूभन्दा ठूलाबडाका आशीर्वाद र माया साट्ने विशेष दिन लाई सम्झना गर्दै म्युजिक भिडियो तयार पारिएको छ। दुर्गा खाती गजमेरको प्रस्तुतिमा ” टिका जमरा” म्युजिक भिडियोमा मोडल सुरेश कोली र अस्मिता जुरेली अभिनय गरेको छ।

छायाङ्कन विशाल थापा र रमेश दियाली गरेका हुन् भने कोरियोग्राफीमा रोशन विश्वकर्माले गरेका छन्। सोही म्युजिक भिडियोलाई सम्पादन भने दिनसन गरे हुन् ।

गायक नारायण गजमेरका नौ वर्षका छोरा निश्चल गजमेरले मेल भोकल टेक लिएको हो  िटिका जमरा म्युजिक भिडियोलाई आउँदो साता सार्वजनिक गरिँदैछ। प्रवासमा रहे पनि नेपाली गीत संगीतलाई माया गर्ने श्रष्टा गायक नारायण गजमेरले आधा दर्जनभन्दा गीत सार्वजनिक गरिसकेका छन्।