Advertisement Banner
Advertisement Banner

१४ शुक्रबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

जनतालाई छाप्रो छैन, बाघको छालामा स्यालको रजाई

०३ सोमबार , श्रावण २०७३१० बर्ष अगाडि

आफ्ना नागरिकहरु झरीले रुझेर मर्नु न बाँच्नुको हालतमा छन्, तिनको उद्धार कसरी गर्ने भन्ने सम्बन्धमा कहिल्यै विचारपरामर्श गरेर योजना बुन्न र कार्यान्वयन गर्न नलागेको ओली सरकारले विदेशी पाहुना आउँदा राख्ने स्वीट (सुविधा सम्पन्न भवन) बनाउने निर्णय गरेर ओली सरकार भनेको संवेदनहीन गैंडाकै छाला हो भन्ने प्रमाणित गरिदिएका छन्। भ्रष्टाचारीको योजनामुताविक प्रधानमन्त्रीकै आदेशमा नेपाल ट्रष्टको कार्यालयमार्फत प्रस्ताव गर्न लगाएर प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा सो प्रस्ताव पारित गरिसकेको स्थिति छ। स्वीटको स्वाद लिने जमजमाएका छन्।

ओली आफ्नै च्वाइसमा सुशील ज्ञवालीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गरेका हुन्। ज्ञवाली आएको लामो समय भइसक्दा पनि प्राधिकरणले भूकम्पपीडितका लागि कुनै कामै गर्न सकेका छैनन्। कारण रहेछ, एमालेकरण र एमालेको हाइकमाण्डले एनजीओमार्फत आर्थिक गतिविधि गर्नुपर्ने लाइन दिएपछि झोले ज्ञवालीले गर्ने के? केही गर्नैसकेनन्। भूकम्पपीडितका लागि गठन गरिएको प्राधिकरणले ६ खर्बभन्दा बढी रकम चलाउने अवसर त पायो तर त्यो रकम पीडितले होइन, एमाले एनजीओले तर मार्न थालेका छन्।

नेपाल ट्रष्ट भनेको पूर्वराजतन्त्रका घरजग्गा, सम्पत्ति नै हो र त्यो सम्पत्तिमा कामचलाउ बनिसकेका रक्षासहितका गृहमन्त्री भीम रावलमार्फत बाघको छालामा स्यालको रजाईका लागि स्वीट बनाउने योजना तैयार पारिएको हो।