Advertisement Banner
Advertisement Banner

०४ शनिबार, आश्विन २०८२16th June 2025, 6:20:04 am

जीर्ण आयोजनाको ठेक्का तोडिने

०३ शुक्रबार , आश्विन २०८२१५ घण्टा अगाडि

जीर्ण आयोजनाको ठेक्का तोडिने

लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयअन्तर्गतका त्यस्ता ठेक्का ताेडिने भएकाे हाे ।

तीनवटै मन्त्रालयकाे जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले तीनवटै मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूलाई जीर्ण आयोजनाहरूको सूची तत्काल तयार गरी पेश गर्न निर्देशन दिएका छन् । मन्त्री घिसिङले तीनवटै मन्त्रालयहरूको कामकारबाहीको जानकारी लिँदै काम नगर्ने निर्माण व्यवसायीको अनुहार हेरेर आयोजनालाई अलपत्र राख्न नदिने बताएका छन् ।  

यता सिँचाइअन्तर्गत राष्ट्रिय गौरवको सुनकोशी मरिन बहुउद्देश्यीय याेजना, भौतिक पूर्वाधारअन्तर्गत तीन सयभन्दा बढी सडक र एक सयभन्दा बढी पुल निर्माण आयोजना अलपत्र अवस्थामा रहेका छन् ।

मन्त्री घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन सघिंय संसद भवन आगामी पुसभित्रै सम्पन्न गर्नुपर्ने बताउँदै शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देल, विशेष भवन निर्माण आयोजना तथा समन्वय कार्यालय, आयोजनाका परामर्शदाता र निर्माण व्यवसायीसँग भवन निर्माणका बारेमा छलफल गरेर पुसअगाडि नै निर्माण सम्पन्न गर्ने गरी बाँकी रहेका काम गर्न निर्देशन दिएका थिए ।