Advertisement Banner
Advertisement Banner

०२ आइतबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

खुल्ला रक्तदानमा ६३ युनिट रगत

०३ शुक्रबार , आश्विन २०८२एक बर्ष अगाडि

खुल्ला रक्तदानमा ६३ युनिट रगत

लेखनाथ । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीमा रहेको राइजिङ्ग स्टार युथ क्लवले राखेको खुल्ला रक्तदानमा ६३ युनिट रगत संकलन भएको छ ।

क्लवको वार्षिक कार्यक्रम अन्र्तगत विहिवार राखिएको खुल्ला रक्तदानमा पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले युवाहरुले  विकृति र विसंग·तिबाट टाढै बसी समाज परिवर्तनका लागि काम गर्न सुझाव दिए।  क्लवको  सकृयताको प्रशंसा गर्दै स्थानीय स्तरको विकास निर्माणमा युवाको सहभागीता रही रहने विश्वास व्यक्त गरे ।

क्लवका अध्यक्ष तिल बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा रक्तसंचार केन्द्र पोखराको प्राविधिक सहयोग रहेको थियो । ,क्लवका पूर्व अध्यक्ष विष्णुप्रसाद गुरुङले सरसफाई र खेलकुदको क्षेत्रबाट अगाडि वढाउदै आएको पोखरा – २७ को राईजि· स्टार युथ क्लबले आफनो बार्षिक कार्यक्रम अन्तरगत नै  रक्तदान कार्यक्रम  गरेको  वताए । उनले रक्तदानको महत्व र उपयोगिताका बारेमा जानकारी गराएका थिए ।रक्तदान जीवन दान जीवन दान महादान भन्ने मुल नाराका साथ सरु भएको कार्यक्रममा स्थानीय समाजसेवी जगबहादुर गुरुङ, क्लवका निवर्तमान अध्यक्ष यमप्रसाद गुरुङ, वडा सदस्य जितेन्द्र क्षत्री,प्रगतिचोक आमा समाजकी अध्यक्ष देवीमाया गुरुङ लगायतले रक्तदानको महत्व र उपयोगिताका बारेमा प्रकाश पारेका थिए । क्लवको हालैमात्र कार्यसमिति पुनर्गठन समेत गरिएको छ। पुनर्र्गिठत समितिको अध्यक्षमा तिलबहादुर गुरुङ, उपाध्यक्ष सुजन गुरुङ,कोषाध्यक्ष किरण गुरुङ,सचिव अर्जुन सापकोटा,सहसचिव कपिल गुरुङ रहेका छन् । यसैगरी सदस्यहरुमा अनिष वि क,चित्र गुरुङ,इश्वर खत्री,भीम गुरुङ र प्रिजन पोखरेल रहेका छन् ।