Advertisement Banner
Advertisement Banner

०३ आइतबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

महाकाली राजमार्ग पहिरोले अवरुद्ध

०२ बिहिबार , आश्विन २०८२५ महिना अगाडि

महाकाली राजमार्ग पहिरोले अवरुद्ध

निरन्तर वर्षाका कारण सडकमा पहिराे खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण महाकाली राजमार्ग अन्तरगत दोगडाकेदार गाउँपालिका–५, सलसेनामा आज बिहानैदेखि सडक अवरुद्ध भएकाे हाे ।

पहिरोका कारण राजमार्ग पूर्ण रूपमा अवरुद्घ भएको प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिएका छन् । सडकमाथिबाट खसेको पहिराले राजमार्ग ठप्प छ भने राजमार्ग अवरुद्घ हुँदा दार्चुलाका लागि र दार्चुलाबाट छुटेका गाडीहरु बीचबाटोमै रोकिएका छन् ।

अहिले उक्त राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय र स्थानीय निकायसँग समन्वय भइरहेको बताइएकाे छ । उक्त स्थानमा यसअघि गत मङ्गलबार पनि पहिरो खसेर राजमार्ग अवरुद्ध भएको थियो ।