Advertisement Banner
Advertisement Banner

०२ बिहिबार, आश्विन २०८२16th June 2025, 6:20:04 am

धादिङकाे सावरी दुर्घटनामा परी ६ जना घाइते

०१ बुधबार , आश्विन २०८२एक दिन अगाडि

धादिङकाे सावरी दुर्घटनामा परी ६ जना घाइते

धादिङकाे पृथ्वी राजमार्गमा दुई ओटा सवारी एक आपसमा ठक्कर खाएर भएको सावरी दुर्घटनामा परी ६ जना घाइते भएका छन् । पृथ्वी राजमार्गमा पर्ने थाक्रो गाउँपालिका वडा नम्वर २ बाह्र किलोमा भएको सावरी दुर्घटनामा परी ६ जना घाइते भएका हुन् ।

भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१ ख ३३५ नम्बरको रात्रि बस र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४२६० ट्रिपर एक आपसमा ठाेक्किएकाे प्रहरीले जनाएकाे छ । उक्त दुर्घटनाका घाइते मध्य एकजनाकाे अवस्था गम्भीर रहेकाे बताइएकाे छ ।

अहिले दुर्घटनाका घाइतेहरूकाे स्थानीय अस्पतालमा उपचार भइरहेकाे छ भने गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ लग्ने तयारी भई रहेको छ । उक्त दुर्घटनाका अन्य घाइतेहरूकाे अवस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ ।