
आज साफ अण्डर सेभेन्टिन च्याम्पियनसिपमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली समयअनुसार बेलुका सवा ७ बजे श्रीलंकाकाे राजधानी कोलम्बोमा हुने खेलमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेकाे हाे ।
यसअघि नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली श्रीलङ्कालाई २–० गोलले हराएको थियो । समूह ‘ए’ मा श्रीलङ्का, नेपाल र बंगलादेश तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान रहेका छन् ।