Advertisement Banner
Advertisement Banner

०२ बिहिबार, आश्विन २०८२16th June 2025, 6:20:04 am

राष्ट्रिय शोक मनाउन देशभर सार्वजनिक बिदा

०१ बुधबार , आश्विन २०८२एक दिन अगाडि

राष्ट्रिय शोक मनाउन देशभर सार्वजनिक बिदा

आज ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूकाे सम्मानमा राष्ट्रिय शोक मनाउन देशभर सार्वजनिक बिदा दिएको छ । सरकारकाे भदौ ३० गतेको निर्णयअनुसार मन्त्रिपरिषद्को बैठकले असोज १ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेकाे हाे ।

भदाै २३ र २४ गते जेन–जी नेतृत्वमा भएको विद्रोहमा ७३ जनाले ज्यान गुमाएका थिए । उक्त आन्दोलनका क्रममा मारिएकाहरूलाई शहीद घोषणा गर्दै उनीहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको थियो । साेहि क्रममा ज्यान गुमाउनेहरूकाे सम्मानमा राष्ट्रिय शोक मनाउन देशभर सार्वजनिक बिदा दिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जनाएका छन् ।

गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार राष्ट्रिय शोक मनाउन असोज १ गते नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको बताइएकाे छ ।