Advertisement Banner
Advertisement Banner

०२ आइतबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

आज विश्वकर्मापूजा मनाइँदै

०१ बुधबार , आश्विन २०८२एक बर्ष अगाडि

आज विश्वकर्मापूजा मनाइँदै

आज असोज १ गते हरेक वर्ष झैं विश्वकर्मापूजा मनाइँदै छ । सवारीसाधन, कलकारखाना तथा मेसिनरी सामग्रीको पूजा गरी विश्वकर्मापूजा मनाउन लागिएकाे हाे ।

विशेषगरी प्रविधि र शिल्पसम्बन्धी काम गर्नेहरूले मनाउने विश्वकर्माको पूजालाई प्रविधि र शिल्पका देवता समेत मानिन्छ । आजकाे दिन  विश्वकर्मासँगै आफू चढ्ने बाहन तथा काम गर्ने प्रविधि तथा यन्त्रहरूको पूजा गर्ने चलन समेत रहेकाे छ ।

प्रविधि र यान्त्रिक काम गर्नेहरूले यो दिन कार्यस्थल सजाई धुमधामका साथ यो पर्व मनाउने गर्दछन् । धार्मिक मान्यताअनुसार विश्वकर्मा खुशी भए उनको गुण आफूमा पनि प्राप्त हुने विश्वासमा कालिगढहरूले उनको पूजा–आराधना गर्ने गरेका छन भने पौराणिक ग्रन्थ तथा संस्कृत साहित्यमा  विश्वकर्मा ठूला वास्तुविद् भएको समेत उल्लेख गरिएकाे छ ।

विश्वकर्मापूजाकाे अवसरमा काठमाडौँस्थित भद्रकाली देवीको मन्दिरमा आफ्ना सवारीसाधन पूजा गर्नेको घुइँचो समेत लाग्ने गर्दछ ।