
नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । हिँजाे सोमबार छापावाल सुन प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्यले अहिलेसम्मकै नयाँ रेकर्ड कायम गर्दै २ लाख १७ हजार भन्दा बढिमा काराेबार भएकाे हाे ।
सुनको मूल्य ऐतिहासिक कीर्तिमान गर्दै प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँ पुगेको छ, जुन मूल्य नेपाली सुनचाँदी बजारको इतिहासमा हालसम्मकै उच्च मूल्य हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको मूल्यमा प्रतितोला १ हजार ९०० रुपैयाँको वृद्धि भएको छ ।
त्यस्तै सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य मात्रामा वृद्धि भएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला २ हजार ५ सय ९५ रुपैयाँ कायम भएको छ । चाँदी पनि हालसम्मकै उच्च बिन्दुमा पुगेकाे हो ।
यसअघि सोमबार चाँदी प्रतितोला २ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएकोमा एकै दिनमा चाँदीको मूल्यमा प्रतितोला ३ सय २० रुपैयाँले वृद्धि भएको छ ।