Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

बेनी-जोमसोम सडक सञ्चालनमा आएसँगे सवारीको चाप बढ्याे

३१ मंगलबार , भाद्र २०८२३ घण्टा अगाडि

बेनी-जोमसोम सडक सञ्चालनमा आएसँगे सवारीको चाप बढ्याे

पहिरोका कारण बन्द भएकाे बेनी-जोमसोम- कोरला सडक सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने काभ्रेभिरमा खसेको पहिरोका कारण बन्द रहेकाे सडक आजदेखि सञ्चालनमा आएको हाे ।

बेनी-जोमसोम- कोरला सडक खण्डकाे ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा आजदेखि सिधा यातायात सञ्चालनमा आएको हाे । नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरेर सडकमा थुप्रिएका ठूला ढुङ्गा फुटाएर पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको घाँसा प्रहरी चौकीले जनाएकाे छ ।

यसअघि सडक अवरुद्ध हुँदा कोरलानाकाबाट सामान लिएर आएका कन्टेनर, मुस्ताङको स्याउ र आलु बोकेर बजार हिँडेका मालबाहक ट्रक घाँसामै रोकिएकाे थियाे । अहिले सडक सञ्चालन भाएसँगै सोह्रश्राद्धमा मुस्ताङको कागबेनीमा पितृ तर्पण दिन देशका विभिन्न ठाउँ र भारतबाट आएका तीर्थयात्री, स्थानीयवासी र पर्यटक गन्तव्यतर्फ लागेका छन् ।

यता सिन्धुपाल्चोकको तातोपानी र रसुवाको नाका बाढी पहिराेका कारण बन्द भएपछि दसैँका लागि नेपाली बजारमा आवश्यक सामान मुस्ताङको कोरलानाकाबाट ल्याउन थालिएकाे छ भने बेनी–जोमसोम सडकमा सवारीसाधनको चाप बढेको बताइएकाे छ ।