
भारतकाे हिमाञ्जल प्रदेशमा भएको सवारी दुर्घटना परि चार नेपालीले ज्यान गुमाएका छन् । भारतकाे हिमाञ्जल प्रदेश, सिमला जिल्लाको कोटखाई नजिक भएकाे सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।
उक्त दुर्घटनामा परि मृत्यु हुनेहरूमा सल्यानकाे कुमाख गाउँपालिका-४, निवासी ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन् । उक्त दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएकाे बताइएकाे छ ।
घटनालगत्तै घाइतेहरूकाे उद्धार गरि इन्दिरा गान्धी मेडिकल कलेज अस्पताल पुर्याइएकाेमा उनिहरूकाे उपचारका क्रममा निधन भएको थियो । चालकले नियन्त्रण गुमाउँदा पिकअप जिप अनियन्त्रित भई भीरमा खसेर दुर्घटना भएकाे भारतीय प्रहरीकाे प्रारम्भिक अनुसन्धानले जनाएकाे छ ।