Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

देशभर बदली एकदुई स्थानमा भारी वर्षा

३१ मंगलबार , भाद्र २०८२६ घण्टा अगाडि

देशभर बदली एकदुई स्थानमा भारी वर्षा

मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाे र अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले देशभरकाे माैसम साधारणतया बदली भइरहेकाे छ । देशभरकाे माैसम साधारणतया बदली हुनुका साथै केही स्थानमा भारी वर्षाकाे समेत सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।  

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनुका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाे छ । त्यस्तै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना  रहेकाले सतर्कता अपनाउन आग्रह गरिएकाे छ ।

आज राति देशभरकाे माैसम साधारणतया बदली रहनुका साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभाग लगायत बाँकी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । त्यस्तै कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।