Advertisement Banner
Advertisement Banner

०३ आइतबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

३० सोमबार , भाद्र २०८२५ महिना अगाडि

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

आज बिहान पहिरो खसेर एकतर्फी मात्र सञ्चालनमा रहेको नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । इच्छाकामना-५, स्थित तुइन खोला नजिकै पहिरो खसेपछि बिहान ९ बजेदेखि एकतर्फी मात्र सञ्चालनमा रहेको थियो ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अहिले उक्त सडक दुईतर्फी सञ्चालनमा आएको बताइएकाे छ । सडक डिभिजन कार्यालयको मेसिन प्रयोग गरी पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको हाे ।

उक्त क्षेत्रमा वर्षाको समयमा ढुंगा खस्ने जोखिम उच्च भएको हुँदा सावधानीपूर्वक रोकेर हेरेर मात्र सुरक्षित यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले सबैलाई अनुरोध गरेको छ ।