Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

देशभरका चलचित्र हल खुले

३० सोमबार , भाद्र २०८२एक दिन अगाडि

देशभरका चलचित्र हल खुले

भदाै २३ र २४ गते भएकाे जेनजी पुस्ताको आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र हल खुलेका छन् । आजदेखि बन्द रहेका देशभरका चलचित्र हल खुलेका हुन् ।

हिजो बसेको चलचित्र हल सञ्चालक तथा चलचित्र वितरकको छाता संस्था नेपाल चलचित्र संघको बैठकले दर्शक र चलचित्र भवनको सुरक्षामा ध्यान दिँदै सञ्चालनमा ल्याउने निर्णय गरेका हुन् । तोडफोड र आगजानीबाट ध्वस्त विराटनगरमा रहेको क्युएफएक्सको चलचित्र भवनबाहेक अन्य चलचित्र भवन आजदेखि नियमित रुपमा सञ्चालन हुने चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले जानकारी दिएका छन् ।

आजदेखि सञ्चालन गर्न लागिएकाे चलचित्र हलहरूमा रात्रिकालीन सोलाई सञ्चालन गरे पनि राति १० बजेभित्र चलचित्र भवन बन्द गर्नेगरी सञ्चालन गर्न लागिएको छ । दर्शकले चलचित्र ‘रिमै’, ‘मोहर’ लगायतका नेपालीसँगै केही विदेशी चलचित्र हेर्न पाउनेछन् भने दसैँको अवसर पारेर फूलपातीदेखि तीन नेपाली चलचित्र प्रदर्शन हुने बताइएकाे छ ।