Advertisement Banner
Advertisement Banner

३१ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

आजदेखि चाडपर्वलक्षित सहुलियत पसल सञ्चालन हुँदै

३० सोमबार , भाद्र २०८२एक दिन अगाडि

आजदेखि चाडपर्वलक्षित सहुलियत पसल सञ्चालन हुँदै

नेपालीहरूकाे आउँदै गरेकाे महान पर्व बडा दशैकाे लागि सरकारले आजदेखि सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेकाे छ । सरकारले चाडपर्वलक्षित देशका १ सय ५३ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्ने भएको हाे ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत आजदेखि देशभरका १ सय ५३ स्थानमा चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको बताइएकाे छ । खाद्य कम्पनी र कर्पोरेसनले सहुलियत मूल्यमा सामान बिक्री गरे बराबरको शोधभर्ना सरकारबाट भुक्तानी दाबी गर्न सक्ने छन् ।

व्यापार कम्पनीले देशका ४५ जिल्लाको १ सय ११ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो । कम्पनीका सहुलियत मूल्य पसलबाट प्रतिकेजी/प्रतिलिटरमा पाँचदेखि १० रुपियाँसम्म छुट हुने जनाइएको छ । जसमा कम्पनीका अनुसार दाल, चामल, गेडागुडी कर्णालीका रैथाने उत्पादन, तेलसहितका खाद्यवस्तु बिक्री हुनेछ ।

विभिन्न प्रकारका चामल र दालमा प्रतिकेजी पाँच रुपियाँ छुटको व्यवस्था गरेको छ । यस्तै विभिन्न प्रकारका तेल, गेडागुडी, पिठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रतिकेजी ७ रुपियाँ तथा कर्णालीका विभिन्न गेडागुडी, फापर, चिनो, कागुनोलगायतमा पनि प्रतिकेजी १० रुपियाँ छुट हुने बताइएकाे छ ।

काठमाडौँ उपत्यका थापाथली, रामशाहपथ, नक्खु र सूर्यविनायक, थापाथली, दक्षिणकाली, गोदावरी र चाँगुनारायण नगरपालिका, घुम्तीसेवासहित ४५ जिल्लाका १ सय ११ स्थानमा कम्पनीका बिक्री कक्ष राखिने छन् । दसैँतिहार, छठ र मागीसम्मका दैनिक उपभोग्य वस्तुको माग अत्यधिक हुने गरेको तर बजार मूल्य अस्वाभाविक रूपमा बढ्न सक्ने अवस्था रहेकाले सहुलियत मूल्य सञ्चालन गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जनाएका छन् ।

सहुलियत पसलबाट कम्पनीले अनलाइन अर्डरमार्फत होमडेलिभरीको व्यवस्था समेत गरेकाे अधिकृत आचार्यले बताएका छन् । यता दुग्ध विकास संस्थान (डिडिसी) ले चाडपर्वमा के कति सहुलियत दिने भन्ने विषयमा निर्णय गरिसकेकाे छैन भने डिडिसीले पनि विगतका वर्षदेखि नै पनिर, घिउलगायतमा विशेष छुट दिँदै आएकाे छ ।