Advertisement Banner
Advertisement Banner

०२ आइतबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

आजदेखि सुकिला नोट वितरण सुरू

२९ आइतबार , भाद्र २०८२एक बर्ष अगाडि

आजदेखि सुकिला नोट वितरण सुरू

नेपाल राष्ट्र बैंकले आजदेखि सुकिला नोट वितरण सुरू गरेकाे छ । राष्ट्र बैंकले बडादशैँकाे लागि लक्षित गरेर आगमी असोज १० गतेसम्म सुकिला नोट वितरण गर्न लागेको हो ।  

राष्ट्र बैंकले आजदेखि असोज १० गतेसम्म थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने जनाएको छ ।

त्यसैगरि बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको बताइएकाे छ। राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार सर्वसाधारणले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई नोट सटही गर्न सक्नेछन् ।

यसअघि २०८० सालसम्म राष्ट्र बैंकले दशैँतिहारलाई लक्ष्य गरी नयाँ नोट सटही गर्दै आएको थियो । वार्षिक करिब १ अर्ब ३० करोड रुपैयाँ बचत हुने भन्दै राष्ट्र बैंकले २०८१ सालदेखि सुकिला नोट मात्र सटही गर्न थालेको हो । तर, यसपाली ५०० दरको नोट भने नयाँ वितरण हुने पनि बैंकले जनाएको छ ।